साफ खेल्ने नेपाली महिला फुटबल टोलीको अन्तिम नामावली घोषणा

काठमाण्डौं,फाल्गुन,२४-

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको अन्तिम नामावली घोषणा गरेका छन् ।

प्रशिक्षक खड्काले बिहीबार निरु थापाको कप्तानीमा २० सदस्यीय राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेका हुन् । प्रशिक्षक खड्काले नेपाली यु–१९ महिला टोलीबाट ६ खेलाडीहरुलाई राष्ट्रिय टोलीमा समावेश गरेका छन् ।

यद्यपि भर्खरै भारतमा सम्पन्न चारदेशीय हिरो गोल्डकप महिला च्याम्पियनसिप खेलेका अनु लामा, बिमला चौधरी र अनिता चौधरी भने राष्ट्रिय टोलीको अन्तिम २० मा पर्न असफल भएका छन् ।

यहि मार्च १२ देखि २२ तारीखसम्म बिराटनगर स्थित शहिद रंगशालामा हुन गईरहेको साफ महिला च्याम्पियनसिपतर्फ नेपालले आफ्नो पहिलो खेल १२ मार्चका दिन भुटानसँग खेल्नेछ ।

साख खेल्ने  नेपाली टोली :

गोलकिपर्स : अन्जना राना मगर, उषा नाथ, एन्जिला तुम्बापो सुब्बा

डिफेन्डर्स : हिरा कुमारी भुजेल, गीता राना, पुनम जर्घा मगर, अमृता जैसी, कबिता धिमाल, पुजा राना, मनमाया लिम्बु

मिडफिल्डर्स : अनिता बस्नेत, दिपा राई, मन्जली कुमारी योन्जन, शर्मीला थापा, सरु लिम्बु, रेनुका नगरकोटी, अतिा केसी

फरवार्डस् : निरु थापा (कप्तान), रेखा पौडेल, साबित्रा भण्डारी !!खेल दैनकबाट