बाँकेका गाविस सचिवलाई कार्यालय नछोडन आग्रह

बाँके,पुस १२-जिल्ला विकास समिती कार्यालय बाँकेले गाँउ विकास समितिका सचिवहरुलाई आफुखुशी कार्यालय छोडेर बाहिर जाने कार्य नगर्न सचेत गराएको छ । बाँकेका स्थानीय विकास अधिारी हरी प्याकुरेलले गाविस सचिवलाई सकभर गाविस कार्यालयमा बसेर सेवाग्राहीलाई सेवा दिन निर्देशन दिइएको बताउनुभयो ।

अनुमती लिएर मात्रै कार्यालयबाट बाहिर जान निर्देशन दिएका छौं । स्थानीय विकास अधिारी प्याकुरेलले भन्नुभयो अत्यावश्यक कामका कारण कार्यालयमा जान नसकेमा आफ्नो काम गर्ने नकिकका गाविस सचिवको नाम आफ्नो मोवाईल नम्बर सहित सूचना टाँस गरी जानुपर्ने बताउनुभयो ।

गाविस सचिवहरु कार्यालय समयमा कार्यालयमा बसेर सेवाग्राहिलाई सेवा दिनपर्दछ भन्ने मान्यताका आधारमा यसखालको निर्देशन दिइएको जिविसले जनाएके छ । विषेशगरि राप्तीपारीका गाविसमा सचिवहरु आफूखुशी कार्यालयमा आउने गरेको जनगुनासो स्थानीयस्तरबाट उठ्दै आएको अवस्थामा जिवविसले कडाई गरेको सार्वजनीक भएको हो ।