जापानको फुकुओकामा क्युसु नेपाल यूथ हेल्पिङ ह्यान्डस ग्रुप गठन

मिलन मगर,

फुकुओका,जापान,साउन,२०-

जापानको क्युसु क्षेत्रमा रहेको  फुकुओकामा आज नेपाल यूथ हेल्पिङ ह्यान्डस ग्रुप गठन गरिएको छ। यूवा नेपाली बिद्यार्थीहरुलाई मध्यनजर गर्दै “क्युशु मा रहेको सबै नेपाली बिद्यार्थीहरु एक हौं । “ भन्ने उद्देश्यले नेपाल युथ हेल्पिङ ह्यान्डस ग्रुप गठन गरिएको हो ।

क्युसु नेपाल यूथ हेल्पिङ ह्यान्डस ग्रुप (kyushu Nepal youth helping hand japan)

यो क्युसु क्षेत्रमा मात्र रहेका आप्रवासी नेपाली दाजुभाई दिदिबहिनी र विद्यार्थीहरुको समस्याको लागी मात्र नभई नेपालमा पिछाडीएको समाजमा शैक्षीक गुणस्तर माथी उकास्नका लागि र नेपालमा बेलाबखतमा आईपर्ने प्राकृतीक विपद जस्ता समस्यामा विभिन्न भौतीक तथा आर्थीक सहयोग गर्न संस्थाको स्थापना गरिएको नेपाल युथ हेल्पिङ ह्यान्डस ग्रुपका संयोजक बिक्रम घिसिङले जानकारी  दिनुभयो । 

क्युसु नेपाल यूथ हेल्पिङ ह्यान्डस ग्रुप जापानका सदस्यहरु

संयोजक घिसिङका अनुसार संस्थाले आगामी दिनहरुमा यूवाहरुलाई लक्षित गर्दै विभिन्न् किसिमको कार्यक्रम गर्ने बताउनुभयो । उहाँका अनुसार क्यूसु नेपाल यूथ हेल्पिङ ह्यान्डस ग्रुपमा आबद्ध नवआगन्तुक सदस्यहरुलाई लक्षित गर्दै केहि दिनमै गेट टुगेदर  पार्टी (get together party) गर्ने बताउनुभयो ।