एमालेले मधेस र पहाडका जनतालाई लडाएर खुकुलो राष्ट्रवादको नारा दिएको प्रधानमन्त्रीको आरोप

जनकपुर, साउन,२०-

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेको हठका कारण संविधान सशोधन प्रस्ताव पारित हुन ढिलाइ भएको बताउनु भएको छ ।

आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एमालेले मधेस र पहाडका जनतालाई एकआपसमा लडाएर खुकुलो राष्ट्रवादको नारा दिएको आरोप लगाउनुभयो ।

उनले संविधान संशोधन प्रस्ताव आफूले कुनैपनि हालतमा पारित गराएरै छाड्ने दाबी गर्नुभयो ।

एमालेलाई मधेसी जनताले पहिचान गरिसकेकाले आगामी असोज २ गते हुने प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनमा कांग्रेसले सबैभन्दा बढी सिट जित्ने उहाँको भनाइ थियो ।