कपिलवस्तुमा सातौदिन पनि विरोधका कार्यक्रम निरन्तर, तौलीहवामा लगाएको निषेधाज्ञा भने हट्यो

अराज सिहं बेल्बासे
कपिलवस्तु मंसिर २१-   प्रदेश नम्वर ५बाट पहाडी जिल्लालाइ अलग गराएको विरोधमा कपिलवस्तुका राजनितिक दलले आज सातौदिन पनि विरोधका कार्यक्रमलाइ निरन्तरता दिएका छन् । आफना माग पुरा नहुंदासम्म आन्दोलन जारी रहने बताउंदै सर्बदलिय बैठकले सघर्ष समिति नै बनाएर दैनिक जिल्लाका विभिन्न ठाउंमा अनिश्चितकालीन कपिलवस्तु बन्द लगायत विरोधका कार्यक्रम गदैं आएका छन् ।  बन्दको समर्थनमा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपामाले, नागरिक समाज, बुद्धिजिवी, युवाविद्यार्थी, विभिन्न संघसंस्था लगायत सडकमा उत्रेर भारतको इशारामा कतिपय नेताहरुले प्रदेश नम्वर ५ नम्वर फुटाउन नपाउने एमाले नेता आजाद अहमद दर्जी बताउभयो ।

kapilbastu aandolanबन्दका कारण कपिलवस्तुका मुख्य बजार जहदी, बोडगाउं, बनगाइ, गोरुसिंगे, बुड्ढी, इमिलिया, खगेन्द्रपुर, चन्द्रौटाका बजार ठप्प छन् भने सदरमुकाम तौलीहवामा बजार खुलेपनि यातयातको खासै प्रभाव परेको छैन । प्रहरीका अनुसार बन्दका कारण कपिलवस्तुको पुर्वपश्चिम महेन्द्र राजमार्गमा विगत ७ दिनदेखी सार्वजनिक यातायातका साधन  चलेका छैनन् भने यातायात, शैक्षिक संस्था,  उद्योग, कलकारखाना, व्यापार व्यवसाय ठप्प छन् । लगातारको बन्दले मानिसको दैनिकी भने कष्टकर बन्दै गएको छ ।

kapilbastu aandolanराजमार्गमा एम्वुलेन्स, दुधका गाडी, प्रेस, विदेशी कुटनितिक नियोगका सवारी साधन भने फाटफुट चलेका छन् । उता कपिलवस्तु प्रशासनले शान्ती सुरक्षामा खासै असर नपर्ने बताउंदै सोमवार  विहान ७ बजेदेखी कपिलवस्तु सदरमुकाम तौलीहवाका विभिन्न ठाउंमा अनिश्चितकालसम्म सभासम्मेलन, जुलुस लगायत गर्न नपाउने गरी जारी गरेको निषेधाज्ञा आज विहान १० बजेबाट हटाएको निमित्त प्रमुख जिल्ला अधिकारी भरत कुमार बुढाथोकीले जानकारी दिनुभयो ।