प्रधानमन्त्री दाहाल र यूरोपेली यूनियनका राजदूत रिन्चे बीचभेट वार्ता

काठमाण्डु,मंसिर २१-प्रधानमन्त्री पुष्पकमल दाहाल र यूरोपेली यूनियनका राजदूत रिन्चे टीरिन्का बीचभेट वार्ता भएको छ ।आज बिहान  प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र टीरिन्कबीच नेपालको संविधान कार्यान्वयन र शान्ति प्रक्रिया लगायतका विषयमा छलफल भएको थियो ।

भेटमा प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियाको सफलताका लागि यूरोपेली यूनियनले खेलेको भूमिका लागि धन्यवाद दिँदै भूकम्पपछिको पूनर्निर्माण एवं विकासका क्षेत्रमा गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

भेटमा राजदूत टीरिन्काले नेपालको शान्ति प्रक्रिया विश्वमै मौलिक भएको भन्दै यसबाट विश्व समुदायले सकारात्मक शिक्षा लिनसक्ने बताउँदै नेपालको संविधान कार्यान्वयन सफलतापूर्वक अगाडि बढ्नेमा यूरोपेली यूनियन विश्वस्त रहेको बताउनुभएको थियो ।