विजय मिश्रलाई कारबाही गर्न लेखा समितिको निर्देशन

काठमाडौं,फागुन,८-प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाको अडियो रेकर्ड गरेका विजयप्रकाश मिश्रलाई कारवाही गर्न निर्देशन दिएको छ । समितिले बिहीबार नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई पत्र लेखेर यस्तो निर्देशन दिएको हो ।

लेखा समितिका सदस्यहरूको चरित्र हत्या गरेको भन्दै समितिले कारवाही गर्न पत्राचार गरेको हो । ‘एउटा अनलाइन मिडियामा दिएको अन्तर्वार्तामार्फत हाम्रो चरित्र हत्या गरेकाले मिश्रलाई कारवाही गर्न निर्देशन दिएका हौं’ समितिका सदस्य सूर्य पाठकले बताउनुभयो ।

फेसबुकमा जथाभावी लेखेको भन्दै समितिले प्रभाति किशोर उपाध्यायलाई पनि कारवाहीको माग गरेका छन् । उहाँले समितिका सदस्यहरूकोे तस्वीर राखेर ‘४ अर्ब खाएर जर्मन कम्पनीलाई ठेक्का दिन लागेको’ स्टाटस लेखेका थिए ।समितिले मिश्र र उपाध्याय दुबैलाई कारवाही गरेर प्रतिवेदन बुझाउन समेत निर्देशन दिएको छ । अनलाईनखबरबाट