रातको ११ बजे रक्तदान गरी नवजात शिशुलाई बचाए कृष्णले

नेपालगन्ज, अशोज, १८-
समाजसेवाको भावना मनमा भयो भने न दिन न रात हुन्छ भनेझैं नेपालगन्जमा एकजना समाजसेवीले रातको ११ बजे रक्तदान गरी नवजात शिशुलाई बचाएका छन् ।

स्थानीय नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा बिरेन्द्र नगरपालिका ११ सुर्खेत कि सीता तिमिल्सिनाको ७ दिनको बच्चा भर्ना गरिएको छ । उनको सुर्खेत क्षेत्रीय अस्पतालमा ७ दिन पहिला अप्रेसन गरेर बच्चा निकालिएको थियो । अप्रेसन गरे पश्चात बच्चामा समस्या देखिएकोले त्यहाबाट नेपालगन्ज मेडिकल कलेजमा रिफर गरिएको थियोे ।

यहाँ ३ दिन पहिला एन- अाई- सि- युमा भर्ना बरिस्ठ बालरोग विशेषज्ञ डा- पियुष कानोडियाले गर्नु भएको थियो । उहाँका अनुसार बच्चाको रगतको मात्रा कमी र रगतमा खराबी देखिए पछि तत्काल बि-पोजेटिभ रगतलाई व्हाईट ब्लड गराएर चढाउनु पर्ने भनेपछि हिजो राति ११ बजे रक्त सञ्चार केन्द्र नेपालगन्जमा गएर कृण्ण बहादुर बुढाले रगत दिनु भएको थियोे ।

अहिले उक्त बच्चालाई रगत चढाईएको र अाफुले बच्चालाई बचाउन लागि परेको डा- पियुष कानोडियाले बताउनुभयो । डा- कानोडियाले रक्तदातालाई धन्यवाद दिदै यस्ता मानवीय सहयोग सबैले गरेमा धेरै बिरामीहरुको अकालमा ज्यान जानबाट बचाउन सकिन्छ भनेर भन्नु भएको थियोे ।