सन्दीप र रोहीत चम्कँदा पीएनजीमाथि नेपालको शानदार जित

नेपालका लागि सन्दीप एक्लैले लिए ६ विकेट

 
रोहित र सन्दीप चम्कँदा पीएनजीमाथि नेपालको विशाल जित

काठमाण्डौं,भदौं,२५-ब्याटिङमा रोहित पौडेल र बलिङमा सन्दीप लामिछाने चम्किएपछि नेपालले पपुवा न्यूगिनी(पीएनजी) विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेलमा १५१ रनको विशाल जित हात पारेको छ।

योसँगै पीएनजीसँगको दुई खेलको ओडीआई सिरिज पनि नेपालले आफ्नो पक्षमा परेको छ। यसअघि भएको खेल नेपालले २ विकेटले जितेको थियो।

शुक्रबार भएको दोस्रो खेलमा नेपालमा दिएको २३४ रनको लक्ष्य पछ्याएको पीएनजी १९.१ ओभरमा सबै विकेट गुमाएर ८२ रनमा समेटियो। नेपालका सन्दीप लामिछानेले ६ विकेट लिएपछि पीएनजीको पारी ध्वस्त भएको थियो। 

पीएनजीका ओपनर टोनी उराउले सर्वाधिक १९ रन जोडे। त्यसबाहेक चार्ल्स अमिनीले १६, नोर्मन भानुले १२ बाहेक अन्यले सम्झन लायक प्रदर्शन गरेनन। सन्दीपले ५.१ ओभरमा ११ रनमात्रै खर्चेर ६ विकेट लिए। यस्तै सुसन भारी, सोमपाल कामी र विक्रम सोबले १-१ विकेट हात पारे। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सवै विकेट गुमाएर २३३ रन बनाएको थियो।नेपालका लागि रोहित पौडेले सर्वाधिक ८६ रन बनाए। उनले १२३ बल खेल्दै ३ छक्का र २ चौका प्रहार गरे।

यस्तै करण केसीले बिस्फोटक ब्याटिङ गर्दै २६ बलको सामना गर्दै ४२ रन जोडे। ​सोक्रममा उनले ४ छक्का र २ छक्का प्रहार गरे। कप्तान ज्ञानेन्द्र मल्लले ७० बलमा ४५ रन जोडेका थिए।

त्यसबाहेक विनोद भण्डारीले १७, सोमपाल कामीले ११, कुशल भुर्तेल ३, आफिस सेख ३, कुशल मल्ल १ र विक्रम सोब १ रन बनाए।ओमानसँग दुई खेलको शृंखला खेल्न लागेको नेपालले पहिलो खेल २ विकेटको जितेको थियो।

अर्को साता सोमबारदेखि ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिज खेल्नेछ। सोही त्रिकोणात्मक सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको हो।