नेपालको राजनीतिलाई दुर्गन्धित बनाउने ओली हो : घनश्याम भुसाल

रुपन्देही,कार्तिक,२-रुपन्देही क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका घनश्याम भुसालले नेकपा एमाले अध्यक्ष केपी ओलीमाथि नेपालको राजनीति दुर्गन्धित बनाएको आरोप लगाउनु भएको छ ।

सत्तारुढ गठबन्धनको समेत समर्थनमा उम्मेदवार बनेका भुसालले मंगलबार देवदहमा गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गर्दै यस्तो बताउनु भएको हो।

उहाँले भन्नुभयो,‘प्रधामन्त्रीको कुर्सीमा बसेर संसद र संविधानलाई प्रहार गर्ने ओलीले नै नेपालको राजनीति दुर्गन्धित, धमिलो र फोहोर बनाएका हुन् ।’

संसद र संविधानको रक्षाका लागि आफूले पार्टीमा सधैँ संघर्ष गरेको स्मरण गर्दै भुसालले ओलीले अराजनीतिक गतिविधि नगरेको भए मुलुकको राजनीति अहिले अर्कै अवस्थामा पुगिसकेको हुन्थ्यो भन्ने जिकिर गर्नुभयो।