जे जे भन्छौ तिमी मलाई गीतबाट चर्चित अधिकारी

रोशन घर्ति
दाङ,मंसिर,२८
मोडल रमेश अधिकारी चर्चित नाम हो । निजगढ बारा घर भएको उहाँको अहिलेको यात्रा काठमाण्डौँमा रहेको छ । सुगम पोखरेलको स्वरमा रहेको जे जे भन्छौ तिमी मलाई….बोलको गितमा अभिनय गरेपछि उहाँको चर्चा चुलिएको हो ।

यस्तै दर्जनौ गितमा अभिनय गरीसक्नु भएको छ । लोक,आधुनिक पप सबै प्रकार गितमा अभिनय गर्नुभएको उहाँको अभिनय क्षमतालाई खुबै तारीफ गर्दछन । लाखौँ दर्शक श्रोताको मन जित्न सफल उहाँले अभिनयमा यात्रा प्रारम्भ गरेको २ वर्ष मात्र पुगेको छ ।

दिपक राज पाठकको शब्द तथा सुगम पोखरेलको संगित एंव स्वरमा सजिएको गित बजारमा नायीका श्रद्धा प्रसाई सँगको गितले त झन उनको व्यस्तता झन निकै बढेको छ । यसैगरी सुभाष गहतराजको ‘‘सुनन…….विशालराज राईको‘‘सोल्टनीको गालैमा……….प्रेम थापा र देवी घर्तिको स्वरमा रहेको ‘‘मेरो शरीर जलेपनि……लगायतका थुप्रै गितहरुमा अभिनय रहेको छ ।
आगामी दिनको सफलताको लागी शुभकामना