कोरियामा नेपाली कथानक चलचित्र “जात्रै जात्राको” च्यारिटी शो प्रदर्शन

दक्षिण कोरिया,भाद्र,२५-

ललितपुरको कुसुन्ती हाईट १३ मा अबस्थित श्री नेहा पोखरेल द्वारा संचालित मानशिक संतुलन गुमाएका महिला र अनाथ बालबालिकाको संरक्षण गरिरहेको संस्था नेपाल स्नेही काखको सहयोगार्थ दक्षिण कोरियाको गजेदो मा नेपाली कथानक चलचित्र जात्रै जात्रा पर्दर्शन गरिएको छ ।

DSME मगर समाजले सेप्टेम्बर ७ तारिखका दिन एक कार्यक्रमको आयोजना गरी नेपालमा अबस्थित नेपाल स्नेही काखको सहयोग गर्ने हेतुले नेपाली कथानक चलचित्र “जात्रै जात्राको” च्यारिटी सो प्रदर्शन गरिएको आयोजकले जनाएको हो ।

कार्यक्रम गजेदोको दुई ठुला पानी जहाज कम्पनी डेउ र सामसुङमा रहेका नेपाली लाई लक्षित गरि प्रदर्शन गरिएको थियो । कार्यक्रममा दर्शकको उल्लेख्नीय सहभागीता रहेको थियो ।

अनौपचारिक कार्यक्रम लाई सम्बोधन चलचित्र प्रदर्शन समितिका संयोजक नारायण थापाले गर्नु भएको थियो, भने संन्चालन मगर समाजका सचिव गोपाल तुम्सिङ मगरले गर्नु भएको थियो ।गजे देहाक्योको हलमा प्रदर्शन गरिएको उक्त चलचित्रको प्रायोजन लुम्बिनी रेस्टुरेन्टले गरेको थियो ।

फोटो फिचर