३३ किलो सुनसहित दुई नेपाली कोलकाताबाट पक्राउ

काठमाडौं, मंसिर,२९-

दुईजना नेपाली भारतको, पश्चिम बंगालमा ३३ किलो सुन सहित पक्राउ परेका छन् ।कोलकाता प्रहरीले दुईजना नेपाली हेमप्रसाद शर्मा र राकेश प्रसादलाई ३३ किलो सुनसहित पक्राउ गरेको हो ।

उनीहरुलाई उक्त सुनसहित कारमा सवार रहेका बेला कोलकाता प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

बरामद गरिएको सुन सुन ‘तस्कर’ चूडामणि उप्रेती ‘गोरे’को समूहले गत माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पास गराएपछि हराएको भनिएको ३३ किलो सुन हुनसक्ने नेपाल प्रहरीको प्रारम्भिक अनुमान छ ।

अवैधरुपमा त्रिभुवन विमानस्थलबाट भित्रिएको ३३ किलो सुन हराएपछि गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । छानबिन समितिले उक्त सुन फेलापार्न सकेको थिएन । बरामद गरिएको सुनबारे नेपाली अधिकारीहरुले पनि अनुसन्धान थालेका छन् ।