कार्पेट बिछ्याएपछि चिटिक्क देखियो : त्रिभुवन विमानस्थल (तस्बिर सहित)

काठमाण्डौं,मंसिर,२९-

त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा जानुभयो भने अब तपाईंले पहिलाभन्दा फरक अनुभुति गर्नुहुनेछ। किनकी भवनभित्रका प्राय: सबै ठाउँमा कार्पेट राखेर चिटिक्क बनाइएको छ।

केही समय पहिले एउटा विदेशी सरसफाइ कम्पनीले त्यहाँको सरसफाइ गरिदियो। उक्त कम्पनीले सफाइ गरिदिएको भन्दा पनि सफा कसरी हुन्छ भनेर सिकाइदिएको विमानस्थल कर्मचारीहरुको भनाइ छ।

यसअघि अध्यागमनको केही भागमा कार्पेट राखिएको र अब विस्तारै सबैतिर कार्पेट राखिने विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।’हाम्रो मुख्य उद्देश्य आकर्षक र सफा विमानस्थल हो, त्यसका लागि जहाँ जे सम्भव हुन्छ त्यही गर्छौं’ क्षेत्रीले भन्नुभयो, उहाँले आन्तरिक टर्मिनलमा पनि विस्तारै कार्पेट राखिने क्षेत्रीले जानकारी दिनुभयो ।

अहिले आन्तरिकमा अन्य निर्माणका काम चलिरहेको र त्यो सकिएसँगै कार्पेट राखिने उहाँको भनाइ छ। कार्पेटिङका लागि विमानस्थल प्रशासनले ९० लाख रूपैयाँ छुट्याएको छ। ( साभार सेतोपाटीबाट)

(तस्विरहरु)