बाँकेमा शैक्षिक गुणस्तर ह्रास

मधुपौडेल

बाँके,जेठ,१९-

अस्वास्थ प्रतिस्पर्धाले गर्दा बाँकेको शैक्षिक गुणस्तरमा ह्रास आएको एक छलफल बताइएको छ । जय बाँगेश्वरी माध्यामिक विद्यालयमा पलस टु का शिक्षकहरुसंगको विषेक बैठकमा उक्त कुरा बताएका थिए ।

बाँकेको शैक्षिक गुणस्तरीयलाई बढाउनका लागि सबै विद्यालयहरुको परिक्षा प्रणालीमा पनि सुधार गर्नु पर्ने बताएका थिए ।बैठकमा उपस्थिति शिक्षकहरुले परिक्षा प्रणबलीमा देखीने सेटीङको कडा रुपमा विरोध गरेका थिए ।

बैठकमा शिक्षकले शिक्षाको प्रणलीलाई अगाडि बढाउनका लागि के कस्तो भुमिका खेल्न सकिन्छ । उपस्थिति शिक्षकहरुले टेवुल मुनीबाट हुने चलखेलको खुलेर विरोध गर्नु पर्ने बताएका थिए ।

बैठक विद्यालयका संस्थापक अध्यक्ष प्रशन्न राजभण्डारीको अध्यक्षमा सम्पन्न उक्त विद्यालयका संस्थापक प्रधानध्यापक विद्यामान राज भण्डारीको समेत उपस्थिति रहेको थियो ।