खजुरा महोत्सवमा नायक भुवन केसी र नायिका निरुता सिँहको अत्याधिक क्रेज

खजुरा ,माघ,२८-
खजुरामा सन्चालित महोत्सवमा पुराना पुस्ताका सुपरस्टार नायक भुवन केसी र नायिका निरुता सिहंको आवगमन सगै आज (सोमबार) तालिले गुञ्जामन भयो ।

पहिलो चलचित्रमा सफल नायक नायिकाको रुपमा आफ्नो अभिनयकला दर्शकको माझमा राखिसकेका भुवन र निरुताले मन्चमा समेत पुरानै झल्को दिए । ढिला गरी आयोजकले मन्चमा उतारेका भुवन र निरुताले करिब २५ मिनेट सम्म पालैपालो प्रस्तुती दिएका थिए ।

पुराना नायक नायिकाले पुरानै शैलिमा नाचेको देख्दा दर्शकले खुसी हुदै तालिले स्वागत गरे ।उनिहरुले रहर छ सगै, चट्ट रुमाल, सपना भई आखामा आउने को होला लगाएतका गितमा न्यूत्य प्रस्तुत गरेका थिए ।

आइतबार भुवनका छोरा अनमोलले प्रस्तुती राखिसकेपछि उनका बुवालाई पनि महोत्सवमा ल्याउन दर्शकको माघ बढेकोले आइतबारका लागी प्रस्तुती राखिएको प्रचार प्रसार उप समितिका संम्योजक भागवत प्रसाद कडेलले बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजना र आधुनिक युवा सञ्जाल वन वे फिल्मस् प्रालिको सहकार्यमा ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ खजुरामा फागुन ५ गतेसम्म सञ्चालन हुनेछ।

उक्त महोत्सवमा मंगलबार छैठौ दिन चर्चित लोक तथा दोहरी गायक पशुपति शर्मा, लोक गायिका मधु क्षेत्री , एकल न्युत्य प्रतियोगिताका साथै लाइभ दोहरी समेत हुने सास्कृतिक उप समितिका सह संम्योजक तिलक गाउलेले जनाए ।