व्यापार प्रबर्दंनको लागि सेलकथ अनलाइन कम्पनि संचालनमा ल्याईने

चितवन,मंसिर,२९-

साना र स्थानीय व्यापार प्रबर्दंनको लागि सेलकथ नामक अनलाईन कम्पनि संचालनमा आउने भएको छ।  काठमाण्डौमा मुख्य कार्यालय रहने गरि संचालनमा आउने उक्त्त कम्पनिले वेबसाइट र एप्लिकेशन संचालनमा ल्याउने भएको हो ।

जसले ठुला व्यापरहरुले स-साना व्यापारलाई ओझेलमा पारिरहेको वेला स-साना व्यापरहरुको प्रवर्धनमा सहयोग पुर्याउने कम्पनीका प्रवन्ध निर्देशक सज्जन थपलियाले बताउनुभयो।

यस अनलाईन मार्फत ग्राहकहरुले सजिलै समान खरिद बिक्रि गर्न सक्नेछन् ।सेलकथले स-साना सामानहरुको व्यापारमा टेवा पुर्याउनुको साथै नेपालमा उत्पादित सामानहरु अन्तरास्ट्रियकारण गर्न सहयोग पुग्ने थपलियाको विस्वास रहेको छ। सेलकथको वेबसाइट र एप्लिकेशन १ जनवरी २०१९ मा लन्चहुने संचालक थपलियाले जानकारी दिनुभयो ।

गुगलको प्लेस्टोरमा गएर एप्लिकेशन डाउनलोड गरि त्यहाँबाट समान खरिद बिक्रि गर्न सकिनेछ भने वेबसाइट मार्फत व्यापार गर्न चहानेहरुले सेलकथको वेबसाइटमा गएर आइडी पासवोर्ड लगइन गर्न पर्नेछ साथै यसको माध्यम बाट सजिलै घरमा बसेर पैसा कमाउन सक्ने संचालकहरुको भनाइ छ।निकट भविष्यमानै सेलकथलाई भारत र चिन सम्म पुर्याउने संचालकहरुको लक्ष्य रहेको छ।