टर्कीमा शक्तिशाली भूकम्प- १८ जनाको मृत्यु

काठमाडौं,माघ,११-टर्कीमा शक्तिशाली भूकम्प गएको छ। घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्।

टर्कीको पूर्वी क्षेत्रमा ६.८ म्याग्निट्युड भूकम्प गएको त्यहाँका अधिकारीहरूले जनाएका छन्।भूकम्पका कारण भवनहरू भत्किएको बीबीसीले जनाएको छ।

tarki 2

भूकम्पको धक्का छिमेकी राष्ट्र सिरिया, लेबनन र इरानमा पनि महसुस गरिएको बताइएको छ।

यसअघि टर्कीमा सन् १९९९ मा गएको ठूलो भूकम्पमा करिब १७ हजार मानिसकाे मृत्यु भएकाे थियाे।