सातामा २ दिन बिदा दिने सरकारको निर्णय,जेठ १ गतेबाट लागू हुने गरी कार्यालय समय समेत परिवर्तन

Image Not Foundकाठमाडौं,बैशाख,१४-सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।मंगलवार बसेको  मन्त्रिपरिषदको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आगामी जेठ १ गतेबाट लागू हुने गरी कार्यालय समय बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म कायम गरिएको छ । 

सरकारका प्रवक्ता  एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हाललाई परीक्षणका लागि कार्यालय समय बढाएर बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्मको कार्यालय समय कायम गर्ने तथा शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय भएको सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् ।

स्रोतका अनुसार सरकारले विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो देखिएपछि सार्वजनिक बिदा बढाउने निर्णय गरेको हो । पेट्रोलियम पदार्थको आयात घटाई विदेशी विनिमय सञ्चिति बढाउन सरकारले विभिन्न १० ओटा वस्तुमाथि पूर्ण रूपमा बन्देज लगाइसकेको छ ।

मन्त्रिपरिषद् बैठकले भारतको नयाँदिल्लीमा हुने रायसिना डायलगमा सहभागी हुन राष्ट्रिय योजनाका आयोगका उपाध्यक्ष विश्व पौडेललाई स्वीकृति दिने निर्णय गरेको छ ।