काठमाडौं, माघ ११-चीनमा कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा खटिएका डाक्टरकै मृत्यु भएको छ।
चाइना ग्लोबल टेलिभिजन नेटवर्क(सीजीटीएन)का अनुसार हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको हो।
#Malaysia confirms its first cases of #coronavirus, with three people infected with the virus; they were in close contact of a 66-year-old patient detected in Singapore
more: https://t.co/DJlls3LyEr #CoronavirusOutbreak pic.twitter.com/3KYlzcQ3Mg
— CGTN (@CGTNOfficial) January 25, 2020
कोरोना भाइरसको संक्रमणबाट चिकित्सककै मृत्यु भएको सम्भवतः यो पहिलो घटना हो।
डाक्टर लियाङ कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर खटेको चिनियाँ सञ्चार माध्यमलले जनाएका छन्।
योसँगै चीनमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ। त्यस्तै १ हजार २ सयभन्दा बढी जनामा यसको संक्रमण भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।एजेन्सी