एमसीसीका प्रावधानहरु संशोधन नभए स्वीकार्य छैन्- गृहमन्त्री थापा

लिम्पियाधुराको समस्या समाधान गर्न भारतसँग कुटनीतिक पहल भैईरहेको छ

सुर्खेत,माघ,११-गृहमन्त्री रामबहादुर थापाले एमसीसीमा भएका प्रावधानहरु संशोधन नभए स्वीकार गर्न नसकिने बताउनुभएको छ ।

सुर्खेतमा भएको एक कार्यक्रममा गृहमन्त्री थापाले एमसीसीमा भएको थुप्रै प्रावधानका विषयमा दलहरुबीच छलफल चलिरहेकाले संसोधन भएपछि मात्र नेपालको राष्ट्रियता र स्वतन्त्रता कुण्ठित पार्न खोजे मान्य नहुने बताउनुभएको हो ।

उहाँले नेकपाको स्थायी कमिटी बैठकले गरेको निर्णय अनुसार नै सरकार अघि बढ्ने स्पष्ट पार्नुभयो ।उहाँले  एमसीसीबारे पार्टीमा छलफल भएर हिन्द प्रशान्त रणनीति एमसीसीमा समेटिए सम्झौतामा सहभागी नहुनेसमेत बताउनुभयो ।

अन्तर्राष्ट्रिय कुटनीति सुद्रिढ हुँदै गएको बताउँदै उहाँले संघीयता कार्यान्वयन गर्न केही कानुन बन्न बाँकी रहेको बताउनुभयो ।

गृहमन्त्री थापाले चीनले पनि नेपालको पूर्वाधार, जलविद्युत्, राजमार्ग र सञ्चारलगायत क्षेत्रमा लगानी गर्न बिआरआईमार्फत ६० अर्ब रुपैयाँ बजेट लगानी गर्ने उल्लेख गर्दै लिम्पियाधुराको समस्या समाधान गर्न सरकारले भारतसँग कुटनीतिक पहल गरिरहेको बताउनुभयो ।