वीरगञ्जमा मेयरका परिवारसहित थप ४५ जनामा कोरोना पुष्टि

फाईल तस्विर !!

पर्सा,साउन,१८-वीरगन्ज वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीको ५२ वर्षीया श्रीमती र २६ वर्षीया छोरीमा कोरोना संक्रमण पुष्टी भएको छ ।

वीरगन्जका मेयर बिजय सरावगीलाई संक्रमण पुष्टी भएपछि उहाँको परिवारका सदस्यहरुको पीसीआर टेष्ट गर्दा श्रीमती र छोरीमा संक्रमण पुष्टी भएको हो ।

यो संगै पर्सामा आज मात्रै १४ महिला ३१ पुरुष सहित ४५ जना संक्रमित थपिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जनाकारी गराउनुभयो ।

नारायणी अस्पताल वीरगंजको पीसीआर ल्याबले शनिवार मध्यरातमा सर्वजनिक गरेको रिपोर्ट अनुसार ५ वर्षकी बालिकादेखि ६२ वर्ष उमेर समूहका वृद्ध कोरोना संक्रमित भएका छन् ।

संक्रमितमध्ये वीरगंज ड्राइपोर्ट ५ जना पुरुष, वीरगंज ४ विर्ताका कन्ट्याक्ट् ट्रेसिङमा परेका १४ जना, वीरगंज ११ राधेमाइका १८ जना, वीरगंज १३ चिनी मिलका ४ जना, वीरगंज ३ छपकैया वडा न ४ भगवती टोल, वडा नं २२ मनियारी, ठोरी ३ निर्मलवस्ती, सखुवा प्रसौनीका १ , १ गरी कूल ४५ जना संक्रमित थपिएको नारायणी अस्पतालले जनाएको छ ।