नेपाल आदिबासी जनजाती महासंघ क्युसु जापानको सपत ग्रहण कार्यक्रम सम्पन्न

मिलन मगर/
फुकुओका जापान भाद्र-१२-
नेपाल आदिबासी जनजाती महासंघ जापानको क्षेत्रिय कमिटी क्युशुको सपत ग्रहन कार्यक्रम आईतबार (निचोयोबी) सम्पन्न भएको छ । नेपाल आदिबासी जनजाती महासंघ जापानको बरिष्ट उपाध्याक्ष हवल चन्द्र लामा बाट सम्पन भयको थियो ।

जापानको टोक्यो बाट उपस्थित हुनुभयका हवल सोही कार्यक्रमको प्रमुख अतिथी समेत रहेका थिय। उक्त कार्यक्रममा NRNA क्युशु, फुनेसो, हामी नेपाली हाम्रो अभियानका प्रतिनिधिले शुभ-कामना मन्तब्य राखेका थिए ।

उक्त कार्यक्रम फुकुओकाको एक नेपाली रेस्टुरेन्ट बाजेको सेकुवा घरमा भएको थियो । कार्यक्रममा खादा र ब्याज बितरणको लागि मनिषा राना र सारदा गुरुङले सहयोग गरेका थिए, भने कार्यक्रमको स्वागत मन्तब्य सस्थाका उपाध्याक्ष सुक्राज चेम्जोङ् ले ब्यक्त गरेका थिए । सस्थाको बारेमा सल्लाकार द्वोय राम कृष्ण श्रेष्ठले मन्तब्य राखेका थिए ।

कार्यक्रमको समापन सभापति बिष्णु बहादुर तामाङ ले गरेको थियो र कार्यक्रम सन्चालन सस्थाका सचिब मिलन मगर ले गरेको थियो। क्युशु क्षेत्रमा ऐकल जातिय सस्थाहरु भय पनि आदिबासी जनजाती लाई समेट्न सक्ने सस्था भने थियन कार्यक्रमको सपत ग्रहन पश्चात

नेपाल आदिबासी जनजाती महासंघ क्युसुका अध्यक्ष बिष्णु बहादुर तामाङले केन्द्र को सुझाब सल्लाहा लिदै बिभिन्न संघ संस्थाहरु सँग समन्वय तथा हातेमालो गर्दै नेपाल अदिबासी जनजती महासंघ समिति लाई एक नमुना संस्था बनाउने प्रतिबद्ता समेत जाहेर गर्नु भएको थियो ।

अन्त्यमा सोही सेकुवा घरमा नेपालबाट उपस्थित चर्चित लोक गाइका कल्पना दाहाल र फुनेसोका सयोजक तथा फुकुओकाको चर्चित गायक पुरुषोतम सिग्देलले दोहोरी गाएर प्रमुख अतिथी लगायत नेपाल आदिबासी जनजाती महासंघ क्युसुका कार्यसमिती समेत नाचेर कार्यक्रम भब्यताका साथ सम्पन्न भएको थियो ।