बॉंकेमा एकैदिन १५ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ७५ पुग्यो

काठमाडौं,बैशाख,२१-बाॅंकेमा एकै दिन थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि बाॅंकेमा नौ र पर्सामा एक जनामा कोरोना संक्रमण देखिएको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । 

त्यसको केहि घण्टा लगत्तै बाॅंके नेपालगंजमा थप ६ जनामा कोरोना पुष्टि भएको मन्त्रलयले आफ्नो आधिकारीक फेशबुक आईडीबाट जनाएको छ । यो संगै देशभर संक्रमितकाे संख्या ७५ पुगेकाे छ।यसअघि आइतबार नेपालगन्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियाे।

मन्त्रालयका अनुसार नेपालगन्जको प्रयोगशालाबाट थप नेपालगंज ८ निवासी वर्ष १६,२१,३४ का तिन पुरुष र वर्ष ४०,५५,६० का तिन महिलामा कोरोना संक्रमण पुष्टि भएको थियाे। एकै दिन १६ जना नयाॅं कोरोना संक्रमीत थपिएका छन्,भने देशभरका संक्रमितमध्ये १६ जना निकाे भएर घर फर्केका छन्।