राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि सकियो

काठमाडौं,फागुन,२०-राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आज शुक्रबारदेखि सकिएको छ ।

नेकपा एमालेका ८, नेपाली कांग्रेसका ३, नेकपा माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका एक गरी २० जनाको पदावधि आज शुक्रबारसम्म थियो।यसैबीचमा राष्ट्रिय सभामा १९ जना नयाँ सांसद निर्वाचित भईसकेका छन् ।

गत माघ १२ मा भएको निर्वाचनबाट नेपाली कांग्रेसबाट ६,नेकपा माओवादी केन्द्रबाट ५, नेकपा एकीकृत समाजवादीबाट ५, नेकपा एमालेबाट एक, जसपाबाट एक, राष्ट्रिय जनमोर्चाबाट एक सांसद निर्वाचित भएका छन् ।

निर्वाचित नयाँ सांसदलाई शनिबार बिहान ११ बजे सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको कार्यकक्षमा सपथ खुवाउने कार्यक्रम तय भएको छ ।