दरबार हत्याकाण्ड भएको १६ वर्ष पूरा

काठमाडाै, जेठ, १९-

दरबार हत्याकाण्ड भएको १६ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालिन राजा वीरेन्द्रको वंश नै नाश हुनेगरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो ।

हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतीसहित १० जनाको निधन भएको थियो । नेपालको इतिहासमा कहालीलाग्दो दिनका रुपमा लिईने दरवार हत्याकाण्ड भएको १६ वर्ष पुरा भएपनि उक्त हत्याकाण्डको रहस्य भने अझै गर्भमै छ ।

हत्याकाण्डका बारेमा छानविन गर्न गठित तत्कालिन उच्चस्तरिय समितिले युवराज दिपेन्द्र शाहले घरायसी बेमेलका कारण गोली चलाएको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । यद्यपि दिपेन्द्रले हत्या गरेको भन्ने प्रतिवेदन भने नेपाली जनताले अझै पनि स्वीकार्न तयार भएका छैनन् ।

राजा विरेन्द्रको हत्या पछि ज्ञानेन्द्र शाह राजगद्दीमा आउनु भएको थियो । उहाँले राज्य संचालनमा खेलेको कमजोर भूमिकाले उहाँ नै नेपालको इतिहासमा अन्तिम राजा बन्नुभयो । हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई अहिले संग्राहलय बनाइएको छ । साभार नेपालवाणीवाट