राष्ट्रिय टिमको प्रशिक्षण भदौ १ देखि,युवा स्टार बिमल घर्ती टिममा परेनन्

काठमाण्डौं,साउन,११-अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय पुरुष फुटबल टिमको प्रशिक्षणमा ३५ खेलाडीलाई बोलाएको छ।एन्फाले राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले तयार पारेको खेलाडीको सुची अनुसार ३५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो।

प्रशिक्षणमा बोलाइएका सबै खेलाडी श्रावण १७ बाट श्रावण ३० सम्म होटेलमा क्वारेन्टाइनमा बस्नेछन। सबै खेलाडी दुई साता क्वारेन्टाइनमा बसेपछि एन्फा होस्टेलमा रहेर भाद्र १ बाट प्रशिक्षण थाल्नेछन।

फाईल तस्विर !!

एन्फाले प्रशिक्षणमा बोलाएका खेलाडीहरुको नामावली !!

गोलरक्षक-किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ र दिप कार्की ।

डिफेन्डर-देवेन्द्र तामाङ, दिलेन लोक्तान, सरोज दाहाल, अजित भण्डारी, छिरिङ गुरुङ, रञ्जित धिमाल, सुमन अर्याल, अमित तामाङ, विकास खवास र अनन्त तामाङ।

मिडफिल्डर- एरिक विष्ट, सुजल श्रेष्ठ, विशाल राई ‘बी’, सेसेहाङ आङदेम्बे, तेज तामाङ, विक्रम लामा, सुवास गुरुङ, मिक्छेन तामाङ, पुजन उपरकोटी, रवि पासवान, सुनिल बल, अञ्जन विष्ट र रोहित चन्द।

फरवार्ड- भरत खवास, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, आशिष लामा र विमल राना।

नेपालले फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनोट खेलमा घरेलु मैदानमा आगामी अक्टोबरमा अष्ट्रेलिया र ताइवान र नोभेम्बरमा जोर्डनको सामना गर्दैछ।

प्रशिक्षक योहान कालिनले निकालेका ३५ खेलाडीको सुचीमा नेपालका युवा स्टार बिमल घर्ती मगरले स्थान नपाएको भन्दै चर्का चर्की भएको छ। के बिमलले राष्ट्रिय टिमको प्रशिक्षणमा स्थान पाउनुपर्छ या पर्दैन? आफ्नो प्रतिक्रिया दिनुहोला । नेपाल स्पोर्टसबाट