पूर्व राष्ट्रपति यादवको स्वास्थ्यमा सुधार

काठमाडौं, माघ ७ – बिरामी भएर अस्पताल भर्ना हुनुभएका पूर्व राष्ट्रपति डा. रामवरण यादवको स्वास्थ्यमा सुधार भएको छ । पेटमा समस्या देखिएपछि उहाँलाई बिहीबार शिक्षण अस्पताल महाराजगंजमा भर्ना गरिएको हो ।

उहाँलाई केही दिन अस्पतालमै बस्न डाक्टरले सल्लाह दिएका नेपाली काँग्रेसका नेता एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलले जानकारी दिनुभयो ।  साभार उज्यालोबाट