दिपावली मान्न टंक तिमिल्सेना र कान्छा अभियान्ता केपि खनाल भारत जान्ने सम्भावना

काठमाण्डौं,कार्तीक,१५-

गायक टंक तिमिल्सेना र कान्छा अभियान्ता केपि खनाल

विभिन्न संघर्ष गरेर सुदुरको दुर्गम जिल्ला अछामबाट जन्मेका दुई अनुहार आजभोलि देशका लागि रातदिन मरिमेटी गरेको पाइन्छ । गायक टंक तिमिल्सेनाको गायन क्षेत्रले निकै राम्रो नतिजा निकाल्दै गर्दा पछिल्लो समय देशका कान्छा अभियान्ताको रुपमा चिनिएका केपि खनाललाइ साथ दिदै तिमिल्सेनाले पनि समाजसेवामा हात हालेको पाइन्छ ।

पछिल्लो समय बोलेर भन्दा गरेर देखाउने ब्यक्तिका रुपमा देश/बिदेशमा बस्ने नेपालीहरुको मन मस्तिष्कमा पर्न सफल देशका कान्छा सामाजिक अभियान्ता केपि खनाल यो बर्षको बिजया दशमी बाजुरा जिल्लामा बनाउदै गरेको अनाथ बालगृह निर्माणमा अनाथ र काम गर्नेहरु सङग मनाए भने दिपावली आफ्नो देश छोडी प्रदेशमा वस्ने नेपालीहरु सङग मनाउने उनको र गायक टंक तिमिल्सेनाको चाहाना रहेको बताइएको छ ।

यसै बिच केही महिना अघि कलाकार टंक तिमिल्सेना र रेखा जोशी सहितको टोलि बनाइ भारतका विभिन्न सहरमा सहयोग संकलन गरेर फर्के पछि निर्माण कार्य अन्तिम चरणमा पुग्दा पुनः एकपटक सहयोगिलाइ धन्यवाद दिन आफू जान उनिहरुको भनाइ थियो ।
सम्भवत उनीहरु भारत गएपछि मुम्बई र गुजरातमा जानसक्ने वताइएको छ ।