संचार क्षेत्र बाट आएका गायक जि.एम र मोडल थापाले लोक दोहोरिमा राज गर्दै

सिर्जना बर्देवा,

ओखलढुङगा,जेठ,३१-
पछिल्लो समयमा गायक तथा मोडलको नाम लिने हो भने अग्र स्थानमा आउने नाम हो मोडल बुद्धबिर थापा र गायक गोपाल नेपाल जि.एम, लोक सांगितीक बजारमा हजारौं दर्शक स्रोताका मन मुटुका ढुकढुकी हुन् जि.एम र थापा ।

यी दुई जनाको नाम नलिने र नचिन्ने सायदै भेटिदैन । यी जोडीका पृष्ठभुमि जान्न चाहाने दर्शक स्रोता धेरै भेटिन्छन् । सुमधुर स्वरका धनि गायक तथा सर्जक गोपाल नेपाल जि.एम र मोडल बुद्धबिर थापा बहुप्रतिभाका धनि रहेका छन् ।

जि.एमले गित गाएर र भने थापाले अभिनय गरेर हजारौं दर्शक स्रोता लाई रुवाउन अनि हसाउन सक्छन् ।गायक जि.एम र मोडल थापाको पृष्ठभुमि एउटै रहेको छ । बिगतमा नेपालगन्जका सन्चारकर्मी जि.एम र बाग्लुङका सन्चारकर्मी थापा यी दुई जना संचारक्षेत्रमा आवद्ध रहेका थिए ।

पछिल्लो समयमाको साङ्गितिक बजारमा अत्यन्त ब्यस्त देखिने यी दुबै जना अहिले सम्म धेरै काम गरिसकेका छन् र सबै फरक शैलिका गित अनि भिडियो निर्माण भएका छन् । नेपालगन्जको जन आवाज एफ.एममा लोक दोहोरि कार्यक्रम २०६६ देखि २०६९ सम्म निरन्तर सन्चालन गर्दै आएका थिए ।

दर्शक श्रोताको माया साथ अनि हौसलाले सन्चारकर्मी बाट अहिले गायक बनेको र दर्शक स्रोताको साथ सहयोग अनि माया बिना यो सम्भब नभएको जि.एम बताउछन् । उता थापा भने २०६५ मा कृयटिभ कनेक्सन बाग्लुङ ले उत्पादन गरेको कार्यक्रम कलिउड सिनेमाला संचालन गर्दै बाग्लुङ एफ.एम बाट रेडियोको यात्रा सुरु गरेका थिए ।

संचारको यात्रामा निरन्तर लागी रहे र २०७१ सम्म पुग्दा रेडियो गल्कोटका प्राबिधिक प्रमुख हुँदै साहित्तिक,सामाजिक सन्देश,फिल्मी अनि साङ्गितिक कार्यक्रम चलाउदै आफुलाइ कुशल सन्चारकर्मिको पहिचान बनाउन सफल भए । दर्शक स्रोताको साथले नै गित सङितमा लागेको थापा बताउछन् ।

छोटो समय मै धेरै दर्शक स्रोताको माया पाएको छु खुशी छु उनि बताउछन् । गित संगीतमा धेरै काम गरिसकेका उनिहरु पछिल्लो समयमा सबै काम उत्कृष्ट भएका छन् । ती कामले दर्शक श्रोताको अत्यधिक माया पाएको बताउछन् । साउदी मलेसिया भाग १ ,२ र ३ अनि हावा सरर मा सङै काम गरेका उनिहरुका सबै कामले बजारमा निकै चर्चामा देखिन्छ ।

भर्खरै मात्र सार्बजनिक भएको म्युजिक भिडियो साउदी मलेसिया भाग ३ ले बजार तताईरहेको छ । यी दुई राष्ट्रीय लोक दोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिती कमलादिका सदस्य समेत हुन् ।

अहिले उपत्यका समन्वय समितिले आयोजना गरेको राष्ट्रीय लोक दोहोरी अवार्ड २०७४ को उत्कृष्ट नब गायक मा साउदी मलेसिया गित बाट जि.एम र कति माया गर्छु गित बाट उत्कृष्ट अभिनय बिधाबाट थापा नोमिनेशन मा परेका छन् ।

उनिहरु भन्छन हाम्रा अगिल्ला कामहरु जस्तै भर्खर बजारमा आएको गित साउदी मलेसिया भाग ३ “म मरेको खबर” पनि उतिकै माया गरिदिनु भएको छ हामी खुशी छौं सदैव साथ र सहयोगको अपेक्षा गरेका छौं । जि.एम र थापाको सहकार्यले सदैव सफलताको शिखर चुमोस हाम्रो पनि हार्दिक शुभकामना ।