रेश्माले जवानी मेरो फुलसरी भन्दै

रोशन घर्ति/
दाङ,भदौ,१२-

तपाई गित कतीको सुन्नुहुन्छ कस्ता खालेको गित सुन्न रुचाउनुहुन्छ ?आधुनिक,चलचित्र,पप यस्तै विशेष युवायुवतीले रुचाउने गित होईन र ?

तर यो सबै खालेको गित एकैजनाले गाउन भने हम्मेहम्मे पर्दछ तर एकजना यस्तो गायीका हुनुहुन्छ आँखाबाट आशु झर्ने आधुनिक अनि उफ्रिउफ्रि नाच्ने पप गित गित गाउनुहुन्छ  रेश्मा के.सी.

अझ स्टेजमा गएपछि विशेष पप र आईटम गितमा दर्शकलाई उफ्राने उहाँलाई रकस्टार भन्दा कुनै फरक पर्दैन ।

उहाँले २०६७ सालमा स्टुडियो पुगेर पहिलो गित रेकर्डिङ गर्नुभएको उहाको दर्जनौ गितहरु बजारमा सार्वजनिक भईसकेको छ । थुप्रै गितहरुबाट स्रोताको मन जित्न सफल उहाले झुम्कावाली………………जस्तो चर्चित गितमा बजारमा सार्वजनिक गरीसके पछि अहिलेको व्यस्तता झन निकै बढेको छ ।

भाद्र १६ गतेबाट नेपालभर प्रदशनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र ‘‘शिवम्………………मा पनि गुन्द्री तानी बस् है माया…….. बोलको गित पनि सर्बाधिक चर्चामा रहेको छ ।

सबैै खालेका दर्शक स्रोताको मन जित्न सफल उहाँको भर्खरै एउटा आईटम गितको भिडियो सार्वजनिक भएको छ । ‘‘‘जवानी मेरो फुलसरी चुम्न आउ है भमरा…. बोलको गित सार्वजनिक गरीएको हो ।

प्रस्तुत गितमा रेश्मा केसीको स्वर ,देब विरहीको शब्द,  सनम पुरुषको संगित रहेको छ । आरुषी मगर र  दिपक ढुङगानाको    अभिनय रहेको छ ।

प्रस्तुत गितमा मनिष कार्कीको सम्पादन,जनकराज अधिकारीको छाँयाकन र प्रियजन राईको निर्देशन रहेको छ ।
गितले सफलता हाम्रो तर्फबाट शुभकामना