बबई बहुमुखी क्याम्पसको प्राध्यापक संघ ईकाइ समितिमा: धिताल

बर्दिया , माघ, २५
बर्दियामा रहेको बबई बहुमुखी क्याम्पस गुलरियामा प्राध्यापक संघको ईकाई समितिमा राजेन्द्र धिताल सर्वसम्मत रुपले सभापतिमा चयन भएका छन् ।

प्राध्यापकहरुका समस्याहरुका लागि अावाज उठाउनका लागि शुक्रबार भएको अधिबेशनमा सम्पूर्ण पदाधिकारीहरु सर्वसम्मत रुपमा चयन भएको पार्षद सदस्यमा चयन भएका सन्त कुमार वर्माले बताए ।

नयाँ कार्यसमितिमा सभापति राजेन्द्र धिताल, उपसभापतिमा केशब सिग्देल , सचिवमा कृण्ण प्रसाद शर्मा, कोषाध्यक्षमा हरि प्रसाद जोशी , उप सचिवमा बाम देम ज्ञवाली , सदस्यहरुमा क्रमश प्रेम प्रसाद अधिकारी , नारायण पौडेल , गिरिराज देव, श्याम बहादुर थारु, अाशिष कुमार चौधरी , राजेन्द्र शर्मा त्यसै गरी केन्द्रीय पार्षदमा सन्त कुमार वर्मा, बिनोद कुमार अग्रवाल , हेमन्त राज अधिकारी र यदुनाथ पौडेल चयन भएको निर्वाचन मण्डलका ईश्वरी प्रसाद रेग्मीले बताए ।