बाँकेमा स्व- कृण्ण सेन ईच्छुकको १६ अौं स्मृति दिवस मनाईयो

के-पी- घिमिरे/
नेपालगन्ज, जेष्ठ,१३-
सशस्त्र द्वन्द्वकालमा राज्य पक्षबाट मारिएका पत्रकार स्व- कृण्ण सेन ईच्छुकको १६ अौं स्मृति दिवस अाज बाँकेमा पनि मनाईएको छ ।प्रेस सेन्टर बाँके र प्रेस चौतारी बाँकेको संयुक्त रुपमा स्व-कृण्ण सेन ईच्छुकको स्मृति दिवस मनाएका हुन् ।

देशमा तत्कालीन एकिकृत नेपाल कम्युनिस्ट पार्टी माअोवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकिकरण भए पश्चात् नेपाल कम्युनिस्ट पार्टी स्थापना भए पछि दुवै पार्टीका अास्थागत पत्रकार संगठनहरुले पहिलो पटक सामूहिक रुपमा उक्त दिवस मनाएका हुन् । कार्यक्रममा प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्त धिताल र प्रेस चौतारी बाँकेका अध्यक्ष हेमन्त बि-क-ले संयुक्त रुपमा अध्यक्षता गर्नु भएको थियो ।

उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका प्रदेश नं ५ का प्रदेश सभा सदस्य अाई-पी- खरेल, कृण्णा के-सी- नमुना , नेपाल कम्युनिस्ट पार्टीका नेता अशोक क‍ोईराला, रत्न खत्री , प्रेस युनियन बाँकेका अध्यक्ष जय नारायण शाह, नेपाल पत्रकार महासंघका ५ नं प्रदेश महासचिव भेष राज बस्नेत , पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारू, प्रेस सेन्टरका केन्द्रीय सदस्य सुशिल शर्मा लगायतले राज्यबाट मारिएका वा वेपत्ता पारिएका पत्रकारका परिवारलाई राज्यले हेर्नु पर्ने कार्यक्रममा बोल्ने वक्ताहरूले बोल्नु भएको थियो ।

कार्यक्रममा बाँके जिल्लामा कृयाशिल रहेका पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । स्व- कृण्ण सेन ईच्छुकको तस्बिरमा अविर र पुष्पगुच्छाले उपस्थित सबैले हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।