पहिलो हाफमा भारतविरुद्ध नेपाललाई १-० गोलको अग्रता

भारतविरुद्ध नेपाललाई अग्रता  काठमाडौं,भदौ,३१-नेरालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भईरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले भारतविरुद्ध १-० गोलको अग्रता बनाएको छ।

 

निकै प्रतिस्पर्धा भैईरहेको खेलमा नेपालका लागि रश्मी कुमारी घिसिङले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् ।उनले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्र भित्र नियन्त्रणमा लिँदै गोल गरिन् ।

यस खेलको विजेताले फाइनलमा बंगलादेशको सामना गर्नेछ ।पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ८-० ले हराएर फाइनल प्रवेश गरिसकेको छ।फाइनल खेल आउने सोमबार हुनेछ ।

सुरुआती-११ मा नियमित फरवार्ड सावित्रा भण्डारी छैनन् । डेंगुको कारण उनी बेन्चमा छिन् ।प्रिती राईले सुरुआती-११ मा खेली रहेकि छन् ।

नेपालको सुरुआती-११

एन्जिला सुब्बा, गीता राना, पुनम जर्गा मगर, अमृता जैशी, हिरा कुमारी भुजेल, अनिता बस्नेत, अनिता केसी, सरु लिम्बु,दिपा शाही, प्रिती राई, रश्मी कुमारी घिसिङ छन् ।