आजको राशिफल ।। भाद्र ३१ गते शुक्रवार ।।

काठमाडौं,भाद्र,३१-आज विक्रम संवत २०७९ साल भाद्र महिनाको ३१ गते शुक्रवार, (सेप्टेम्बर १६ तारिख) अश्विन कृष्ण षष्ठी तिथी !आज सप्तमी श्राद्ध, तथा विश्व ओजोन तह बचाउ दिवस पनि रहेको छ ।

आज भाद्र ३१ गते शुक्रवारको राशीफल !!

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । कुनै कारणवश रोकिएका अधुरा कामले पनि गति लिनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन कामको चापले धपेडी हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मन भावुक र उत्ताउलो बन्नेछ, तर धर्म र आस्थामा मन जानेछ समय छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन आफन्त र मित्रसँग भेटघाट हुनेछ । धर्म, कर्ममा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ । सवारी साधन प्राप्तिको योग पनि छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन नयाँ र शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य र पुँजी बजारमा प्रगति हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन स्वादिष्ट भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी कायम रहनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन लाभ, हानी, सुख, दुख बराबरी खालको समय छ । यात्रामा बाधा आइलागे पनि समस्या समाधान हुनेछ । रोकिएका कामले पनि गति लिनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । रोकिएका वैदेशिक कार्य र अरु कामहरू पनि पुनः सुरु हुन सक्छन् ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन जोशजाँगर र हिम्मत बढ्नेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ र उपहार पनि प्राप्त हुनसक्छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । पुनर्मिलनको योग रहेको छ । कतै घुम्न जाने योजना पनि बन्न सक्छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सौन्दर्यतामा धन खर्च हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ, तर आफन्तको साथ र सल्लाह भने पाइनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशि हुनेहरुका लागि आजको दिन आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल