सप्तरीको एकै गाउँपालिकाका १६ जनालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं,जेठ,२६-सप्तरीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संकमीत सबै सप्तरीको एउटै गाउँपालिकाका हुन् । सप्तरी जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बिहुल गाउँपालिकाका मात्रै १६ जनामा संक्रमण पुष्टि भएको हो।

गाउँपालिकाका वडा नम्बर ५ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर २ का १ जना रहेको जिल्ला स्वास्थ्य प्रमुख दुनियाँलाल यादवले जानकारी दिनुभयो।

संक्रमित सबैलाई सदरमुकाम राजविराजस्थित साइकृष्णा मेडिकल कलेजको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ। संक्रमित देखिएका सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्ति हुन्।
योसँगै सप्तरीमा मात्रै संक्रमितको संख्या ९३ पुगेको छ।