रोल्पाका द्वन्द्वपीडितलाई परिचयपत्र

Image Not Foundरोल्पा,असोज,२४-सत्य निरूपण तथा मेलमिलाप आयोगले रोल्पाका द्वन्द्वपीडितहरूलाई परिचयपत्र वितरण शुरू गरेको छ । रोल्पाको लिबाङमा एक कार्यक्रमको आयोजना गरी पीडितहरूलाई परिचयपत्र वितरण गरिएको हो ।

आयोगकी सदस्य विष्णु पोख्रेलको उपस्थितिमा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले परिचयपत्र वितरण गर्नु भएको थियो । हालसम्म निरूपण भएका १४ ओटा उजुरीमध्ये ७ जनालाई परिचयपत्र वितरण गरिएको छ ।

परिचयपत्र वितरण गर्दै आयोगकी सदस्य पोख्रेलले कतिपय ऐन संशोधन हुन नसक्दा आयोगले अपेक्षित रूपमा काम गर्न नसकेको बताउनुभयो।

हालको ऐनबाट आयोगले ७० प्रतिशत मात्र काम गर्ने सक्ने अवस्था भएकाले सरकारले बाँकी ३० प्रतिशत ऐन संशोधन गर्नुपर्ने भनाइ उहाँले राख्नुभयो । सत्य निरूपण तथा मेलमिलाप आयोगमा रोल्पाबाट मात्रै ३ हजार ३८ उजुरी परेका छन् ।