काठमाण्डौं,असोज,२४-प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा मन्त्री बनेको भनेर व्यापक आलोचना भएपछि उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिनुभएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हमालले केहीबेरअघि पदबाट राजीनामा दिनुभएको हो। उहाँले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हमाल निकट स्रोतले जनाएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार हमाल राजीनामा पत्र बुझाएर आफ्नो निवासमा फर्किएका छन्।
प्रधानन्यायाधीश राणाको कोटामा मन्त्री बनेको भन्दै हमालसँगै राणाको समेत चौतर्फी आलोचना भएपछि उहाँले आफू विवादमा नफस्ने भन्दै राजीनामा दिनु भएको हो।
उहाँ प्रधानन्यायाधीश राणाका जेठान हुनुहुन्छ ।सांसद नरहेका उहाँ गएको २२ गते मात्र कांग्रेसबाट मन्त्रीमा नियुक्त हुनु भएको थियो ।





