काठमाडौं,साउन,४-
पूर्व राजा ज्ञानेन्द्र शाह मुटुमा समस्या आएपछि नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ ।

शाह आज विहान भर्ना हुनुभएको हो । नियमित चेकजाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि उहाँलाई भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
शाहको सुरुमा एनजीओग्राफी गर्ने र आवश्यक परे एनजीओप्लाष्टी गर्ने तयारी छ ।नियमित चेकजाँच गर्ने क्रममा मुटुका धमनीहरुमा केही अवरोध देखिएको चिकित्सकहरुले बताएका छन् ।