सुनको मूल्य फेरि बढ्यो

फाईल तस्विर !!

काठमाडौं,असोज,९-नेपाली बजारमा सुनको मूल्य शुक्रवार बढेको छ।लगातार तीन दिनदेखि घटेको सुनको मूल्य भने सामान्य महँगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलामा रू. ८०० ले बढेको छ । जसअनुसार छापावाल सुनको मूल्य प्रतितोला रू. ९३ हजार ९०० र तेजाबी सुनको मूल्य रू. ९३ हजार ४०० मा कारोबार भइरहेको छ ।

पछिल्लो तीन दिनमा सुनको मूल्य  रू. ४ हजार १०० ले सस्तो भएको थियो ।सुनको मूल्य बढ्दा शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा बढेर शुक्रवार प्रतितोला रू.१ ह्जार १६० मा कारोबार भइरहेको छ ।