आज उम्मेदवारी दर्ता: राष्ट्रियसभामा देखिएन राष्ट्रिय अनुहार

काठमाडौं,माघ,१०-

८ जेठ, २०५९ अन्तिम राजा ज्ञानेन्द्र शाहले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रियसभाका तत्कालीन उपाध्यक्ष रामप्रित पासवान संविधानविद्, कानुनविद् र विभिन्न नेताको घरदैलोमा निस्के, ०४७ सालको संविधानको ठेली बोकेर ।

उनको एउटै उद्देश्य थियो, ‘राजाले प्रतिनिधिसभा भंग गरे पनि अर्को जनप्रतिनिधि निकाय राष्ट्रियसभा क्रियाशील बनाउने ।’ तर, कुनै पनि सुझावकर्ताले राष्ट्रियसभा मात्र क्रियाशील हुन सक्ने सुझाव उनलाई दिएनन् ।

प्रतिनिधिसभा विघटनपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई राजा ज्ञानेन्द्रले ‘अक्षम’ घोषणा गरी शासन सत्ता हातमा लिए, ०५८ असोज १८ गते। राजाको उक्त कदमविरुद्ध दलहरू आन्दोलित भए र प्रतिनिधिसभा पुनःस्थापनाको माग लिएर सडक संघर्षमा होमिए । आजको अन्नपूर्णमा खबर छ ।