राष्ट्रपति भण्डारीद्धारा चुनावसम्बन्धी दुईवटा विधेयक प्रमाणिकरण

काठमाण्डौं,माघ २८-राष्ट्रपति विद्यादेवि भण्डारीले चुनावसम्बन्धी दुईवटा विधेयक प्रमाणिकरण गर्नुभएको छ । व्यवस्थापिका संसदले पारित गरेको निर्वाचन कसूर तथा सजाय विधेयक र स्थानीय तह निर्वाचन विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणिकरण गरेर कानुनी रुप प्रदान गर्नुभएको हो । यी विधेयक प्रमाणिकरण भएसँगै चुनावका लागि चाहिने चारवटा कानुन तयार भएको छ ।

निर्वाचन आयोग र मतदाता नामावलीसम्बन्धी कानुनले पनि अन्तिम रुप पाइसकेको छ । चुनावका लागि चाहिने राजनीतिक दलसम्बन्धी विधेयकमा थ्रेस होल्डको कुरा नमिल्दा अझै राज्य व्यवस्था समितिमै अड्किरहको छ । निर्वाचन आयोगले कानुन अभावमा ठोस रुपमा चुनावको तयारी थाल्न समस्या भएको बताइरहेका बेला चुनावसम्बन्धी थप दुई कानुन आएपछि सरकारलाई चुनावको मिति तोक्न थप दबाब परेको छ ।