अन्तत:रामकुमारी झाँक्री बिना सर्तमा रिहा !

प्रतिगमन विरुद्धको आन्दोलन अझ सशक्त हुन्छ :झाँक्री

फाईल तस्विर !!

काठमाडौँ,माघ,२९-नेकपा प्रचण्ड-नेपाल समुहकि नेतृ रामकुमारी झाँक्री अन्तत बिना सर्त रिहा हुनु भएको छ ।झाँक्रिले राष्ट्रपतिले गरेको गलत कामको विरोधमा आफूले बोलेकोमा कुनै पछुतो नभएको बताउनु भएको छ ।

बुधबार साँझ अपराध अनुसन्धान महाशाखाबाट रिहाइ भइपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै राष्ट्रपति विद्यादेवि भण्डारी विरुद्ध बोलेकोमा पछुतो नभएको बताउनु भएको हो। उहाँलाई चौतर्फी दबाबपछि प्रहरीले विना शर्त रिहा गरेको छ।

उहाँले भन्नुभयो, ‘मलाई जति समय राख्यो उति सरकारलाई घाटा हुने भएपछि मलाई छाडेको हो।’झाँक्रीका पति पशुपति पुरीको जिम्मामा प्रहरीले छाडेको हो।

झाँक्रीले आफ्नो विना शर्त रिहाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कार्य एकपछि अर्को गरी गतल सावित हुँदै गएको दाबी गर्नुभयो ।

आफूलाई ओलीको ठाडो निर्देशनमा पक्राउ गरिएको दाबी गर्दै उहाँले भन्नुभयो, ‘यसले ओलीका कमदहरु एकपछि अर्को गलत हुँदैछन् भन्ने देखिएको छ। उहाँको सरकार ढल्छ।’

उहाँले प्रतिगनविरुद्धको आन्दोलन थप शसक्त हुने उल्लेख गर्नुभयो।नेकपा, कांग्रेस र राजपा लगायत मुख्य दलहरुका प्रमुख नेताहरुले झाक्री पक्राउको विरोध गर्दै तत्काल रिहाइको माग गरेका थिए।