बाबुरामको प्रश्न-यो सरकारको काल आएकै हो ?

फाईल तस्विर !!

काठमाडौं,माघ,२९-पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा नेतृ रामकुमारी झाँक्रीको विरोधमा टिप्पणी गर्नुभएको छ ।

बिहीबार ट्वीटमार्फत पूर्वप्रधानमन्त्री डा. भट्टराईले सरकारको काल आएकै हो भनेर प्रश्न गर्नुभयो । उहाँले संविधानको पालन र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन बोल्ने भन्दै प्रश्न गर्नुभएको छ ।

उहाँ लेख्नुहुन्छ, ‘ओली सरकारले राष्ट्रपतिबारे विचार अभिव्यक्ति दिएकै आधारमा युवानेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेछ । नेपालको संविधानले प्रत्येक नागरिकलाई ‘विचार र अभिव्यक्तिको स्वतन्त्रता दिन्छ ।’ संविधानको पालन र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ? यो सरकारको काल आएकै हो ?’

साथै उहाँले संविधानको दुई पृष्ठको तस्वीर पनि राख्नुभएको छ । एउटा पानामा राष्ट्रपतिको कर्तव्य र अर्को पानामा स्वतन्त्रताको हकको बारेमा व्याख्या गरिएको छ ।