नामावली दर्ता गराउन छुटेकालाई फेरी आयोगको आग्रह

काठमाडौं,भदौं,३-

निर्वाचन आयोगले थप गरेको मतदाता नामावली संकलनको समयअवधि आज सकिदैछ । गत साउन ३२ गते ३ दिन थप गरेको नामावली संकलनको अवधी आज सकिने निर्वाचन आयोगले जनाएको छ ।

सबै क्षेत्रीय, जिल्ला निर्वाचन कार्यालय र ६ सय ६९ स्थानीय तहहरुबाट मतदाता नामावलीमा नाम दर्ता, संकलन भइरहेको आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँले आज नामावली संकलनको अन्तिम दिन भएकाले छुट भएकाहरुलाई नामावली दर्ता गराउन आग्रह समेत गर्नु भएको छ ।

प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन र प्रदेश तथा केन्दसभा निर्वाचनको लागि आयोगले मतदाता नामावली संकलन गरेको हो ।