नेपाल प्रेस युनियनले बोलायो बृहत आकस्मिक भेला

काठमाडौं,भदौं,३-

नेपाल प्रेस युनियनले संगठन विभागले भोलीबाट काठमाडौंमा सुरुहुने पत्रकार महासंघको २५ औं महाधिवेशनका बारेमा छलफल गर्ने बृहत भेला बोलाएको छ ।

युनियनको संगठन विभागले आकस्मिक भन्दै भेला बोलाएको हो । युनियन संगठन विभागले भेलामा उपस्थितिकालागि केन्द्रीय समितिका सदस्य, आकांक्षी उम्मेदवारहरु, युनियनका केन्द्रीय पार्सद, महासंघका पार्षद्हरु अनिवार्य उपस्थीतिकालागि आग्रह गरेको छ ।

काठमाडौंको अनामनगरस्थित घट्टेकुलो सामुदायिक भवनमा हुने भेलामा आसन्न महासंघको निर्वाचनका विषयमा छलफल हुने छ । भेला मध्यान्ह १२ बजे सुरु हुने छ ।