आजको राशिफल ।। कार्तिक १२ गते शनिवार

काठमाडौं,कार्तिक,१२-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको १२ गते शनिवार, (अक्टोवर २९ तारिख) कार्तिक कृ्ण चतुर्थी तिथी ।

आज कार्तिक १२ गते शनिवारको राशीफल !!

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यातायात वा वाहनमा खर्च पनि बढ्नेछ, तर वैदेशिक कामहरू सहजै अघि बढ्नेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्ध भने अधिक सुखद् रहनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ, तर साँझपख अधिकार प्राप्तिका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । कुनै कुराले मनमा शान्ति छाउला । अचल सम्पत्तिको कारोबार हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा खराबी रहला । आर्थिक कारोबारमा मन्दी आउनेछ, तर आफन्तको साथ मिल्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन छोटो दुरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मन प्रसन्न रहनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन समय उत्साहवर्द्धक नै रहला । श्रमको उचित मूल्यांकन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । व्यापारमा लाभ समेत हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला, सचेत रहनुहोला । मान्यजनको सुझाव अप्रिय पनि लाग्नेछ, तर साँझमा भने काम बन्नसक्छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन लाभहानी, सुखदुःख बराबरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन महिलाहरूबाट विशेष सहयोग मिल्नेछ । परीक्षा तथा शिक्षामा सफलता मिल्नेछ । घरजग्गाको कारोबारमा समेत सफलता मिल्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशि हुनेहरुका लागि आजको दिन सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । दैनिक कार्यमा सफलता पाइनेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल