प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

युक्रेनमा रुसी आक्रमणका विषयमा छलफल

काठमाडौं,फागुन,१८-प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ ।

मंगलबार साँझ युक्रेनमाथि रूसीले गरेको आक्रमणलगायत विषयमा कुराकानी भएको विदेशमन्त्री एन्टोनीले बताउनुभएको छ ।

विदेशमन्त्री एन्टोनीले सामाजिक सञ्जालमार्फत रूसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौम सत्ता र भौगोलिक अखण्डताप्रति अमेरिकाको समर्थनबारे प्रधानमन्त्री देउवासँग कुरा भएको बताउनुभएको छ ।

उहाँले आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम गर्न तयार रहेको पनि उल्लेख गर्नुभएको छ । नेपालको संसदबाट एमसीसी पारित भएपछि अमेरिकी विदेशमन्त्री एन्टोनीले प्रधानमन्त्री देउवासँग कुरा गर्नुभएको हो।

उक्त कुराको जानकारी अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गरेको फोन प्रधानमन्त्री देउवाले सिसिभ गरेको विदेश मन्त्रीको सचिवालयले ट्वीट गर्दै जानकारी दिएको छ ।

अमेरिकी बिदेशमन्त्रीको सचिवालयको ट्वीट यस्तो छ

आज नेपालका प्रधानमन्त्रीसँग राम्रो भेट भयो । रूसको अप्रत्याशित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको लागि हाम्रो समर्थनको बारेमा छलफल भयाे। हामी आर्थिक विकास र क्षेत्रीय चुनौतिहरूमा सँगै मिलेर काम गर्न जारी राख्नेछौं।