भारतीय दुतावासका सुरक्षा गार्डले आफैंलाई गोली हानी गरे आत्महत्या

काठमाडौ,आषाढ,२०-काठमाडौंस्थित भारतीय दूतावासमा कार्यरत एक भारतीय सुरक्षा गार्डले आफैंलाई गोली हानेका छन् ।

ड्युटीमै रहेको समयमा सोमबार विहान ९ बजेतिर उनले आफैंलाई गोली हानेर आत्महत्या गरेका हुन्।दुतावासको सुरक्षार्थ खटिएका ३२ वर्षीय दीपक सिंहले बोकेको राइफलले आफैंलाई गोली हानेका दुतावास स्रोतले जानकारी दिएको छ ।

घटना थाहा पाउने बित्तिकै नेपाल प्रहरी दुतावास पुगेको थियो । तर, सिंह भारतीय दुतावासको निजी सुरक्षागार्ड रहेका र उनी भारतीय नागरिक भएकाले भारतीय पक्षले नै घटनाबारे छानविन गर्ने जानकारी दिएको नेपाल प्रहरी स्रोतले जनाएको छ ।

मृतक सिंहको शवलाई पोर्टमार्टमका लागि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ । घटना भारतीय दुतावास भित्रै भएकाले शवको व्यवस्थापन भारतीय दुताबासले नै गर्ने तयारी गरेको छ ।