चिनियाँ सेनासँग भएकाे पछिल्लो भिडन्तमा पनि भारतीय सैनिक मारिएको दाबी

फाईल तस्विर !!

काठमाडौं,भदौ,१७-केही दिनअघि लद्दाखमा चीनका सेनासँग भएको भिडन्तमा भारतको विशेष सुरक्षा बलका एक सैनिक मारिएको दाबी गरिएको छ।

गत शनिबार र आइतबार राति प्याङगोङ ताल क्षेत्रमा भएको झडपमा ती सैनिक मारिएको समाचार बेलायती पत्रिका द गार्डियनले लेखेको हो।

दुई महिनाअघि पनि दुई देशको सीमा क्षेत्र लद्दाखकै गलवान उपत्यकामा हिंसात्मक झडप हुँदा भारतका २० सैनिक मारिएका थिए।

यसपछि दुवै देशका सैनिकबीच सीमा क्षेत्रमा शान्ति कायम गर्ने सहमति भएको थियो। तर पनि फेरि झगडा परेको हो।

भारतले घटना भएको स्वीकार गर्दै चीनका सेनाले सहमति उल्लंघन गरेका कारण झडप भएको आरोप लगाइरहेको छ। तर हताहतीबारे केही भनेको छैन।